Spread the love
Spread the love
आज वुधवारको लागी यस्तो छ विदेशी मुद्रा विनिमय दर
Spread the love

काठमाडौं, भाद्र ४ – नेपाल राष्ट्र बैंकले आज २०८२ भाद्र ४ गते बुधवारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको दरअनुसार अमेरिकी डलरसहित अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरू यसप्रकार रहेका छन्।अमेरिकी डलर (USD) १ को खरिद दर १३८.८३ र बिक्री दर १३९.४३ रुपैयाँ तोकिएको छ। युरो (EUR) १ को खरिद दर १६२.१९ र बिक्री दर १६२.८९ रुपैयाँ तोकिएको छ भने, पाउण्ड स्टर्लिङ (GBP) १ को खरिद दर १८७.६७ र बिक्री दर १८८.४८ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, स्वीस फ्राङ्क (CHF) १ को खरिद दर १७२.३५ र बिक्री दर १७३.१०, अष्ट्रेलियन डलर (AUD) १ को खरिद दर ९०.०९ र बिक्री दर ९०.४८, क्यानाडियन डलर (CAD) १ को खरिद दर १००.५२ र बिक्री दर १००.९६ तथा सिंगापुर डलर (SGD) १ को खरिद दर १०८.२० र बिक्री दर १०८.६७ तोकिएको छ।जापानी येन (JPY) १० को खरिद दर ९.३९ र बिक्री दर ९.४३, चिनियाँ युआन (CNY) १ को खरिद दर १९.३४ र बिक्री दर १९.४२, साउदी रियाल (SAR) १ को खरिद दर ३७.०० र बिक्री दर ३७.१६, कतारी रियाल (QAR) १ को खरिद दर ३८.०९ र बिक्री दर ३८.२६, थाइ बात (THB) १ को खरिद दर ४.२७ र बिक्री दर ४.२९ तोकिएको छ।

त्यसैगरी, यूएई दिराम (AED) १ को खरिद दर ३७.८० र बिक्री दर ३७.९६, मलेसियन रिङ्गिट (MYR) १ को खरिद दर ३२.८७ र बिक्री दर ३३.०१, दक्षिण कोरियन वोन (KRW) १०० को खरिद दर ९.९९ र बिक्री दर १०.०४, स्विडिस क्रोनर (SEK) १ को खरिद दर १४.५५ र बिक्री दर १४.६१ तथा डेनिस क्रोनर (DKK) १ को खरिद दर २१.७३ र बिक्री दर २१.८२ कायम भएको छ।हङकङ डलर (HKD) १ को खरिद दर १७.७९ र बिक्री दर १७.८७, कुवेती दिनार (KWD) १ को खरिद दर ४५४.२४ र बिक्री दर ४५६.२१, बहरेनी दिनार (BHD) १ को खरिद दर ३६८.२५ र बिक्री दर ३६९.८४, तथा ओमानी रियाल (OMR) १ को खरिद दर ३६०.५८ र बिक्री दर ३६२.१४ तोकिएको छ।

यसैबीच, भारतीय रुपैयाँ (INR) १०० को खरिद दर १६०.००रुपैया र बिक्री दर १६०.१५ रुपैया कायम भएको छ।नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा वाणिज्य बैंक तथा वित्तीय संस्थाले आफ्नो सुविधाअनुसार सानो अन्तर ल्याउन सक्ने जनाएको छ।