Spread the love
Spread the love
उपसभामुखलाई फोन गरेर शेखरले भने: तपाइलाई हटाउने पक्षमा म छैन
Spread the love

काठमाण्डौ, उपसभामुख इन्दिरा राना र कांग्रेस नेता शेखर कोइरालाबिच टेलिफोन संवाद भएको छ। कांग्रेस र एमालेले सभामुख रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरिरहँदा कोइराला उक्त कदमको विपक्षमा उभिएका हुन्।संवादमा कोइरालाले दाउपेचको राजनीतिमा आफू सहभागी नहुने जवाफ दिएका छन्।

‘यिनीहरूले पटकपटक यस्तै गर्छन्। म लागिरहेको छु, त्यस्तो केही हुँदैन भन्नुभयो,’ टेलिफोनमा भएको संवादबारे उपसभामुख रानाले भनिन्।कांग्रेस–एमालेले हस्ताक्षर अभियान चलाएका वेला शेखर कोइरालाले हस्ताक्षर गरेका छैनन्। कोइराला समूहका सांसदहरूले पनि हस्ताक्षर गरेका छैनन्।

यसैबिच उपसभामुख रानासँग कांग्रेस सांसद कान्छाराम तामाङ, डा. सुनील शर्मा, चन्द्र भण्डारीलगायतले पनि टेलिफोन संवाद गरेर चिन्ता नलिन भनेका छन्। कांग्रेस संसदीय दलको रेकर्डअनुसार महामन्त्री गगन थापाले पनि हस्ताक्षर गरिसकेका छैनन्।