Spread the love
Spread the love
सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय विरुद्द पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
Spread the love

सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति तथा नेकपा एमाले पुर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएकी छिन् । काठमाण्डौ बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ।



गत मंगलबार मध्यराति एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयमा तीन नेताले असहमति जनाएका थिए । भण्डारीले आफू पछाडि नहट्ने अडान लिएको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार आजको पत्रकार सम्मेलन बाट धेरै कुरा प्रष्ट हुनेछ ।