Like this:

रसुवाका बाढी पहिरो पिडितलाई राहत लिएर पुग्यो Ycl नेपाल

मंगलवार बिहान करिब ३:१० बजे रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएको छ। नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे खोलाबाट आएको बाढीले रसुवागढी आसपासका बस्ती, पूर्वाधार र सयौं नागरिकहरू प्रभावित भएका छन्।

यतिबेला उद्धार र राहत कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ।यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र)को सहायक संगठन YCL नेपाल बाढी प्रभावित क्षेत्रहरूमा राहत वितरण तथा उद्धार अभियानमा सक्रिय रूपमा संलग्न भएको छ। संगठनका युवा स्वयंसेवकहरूले त्रिपाल, चामल, दाल, नुन, तेल, लत्ताकपडा लगायतका राहत सामग्रीहरू बोकेर प्रभावित बस्तीहरूमा पुर्‍याएका छन्।

YCL रसुवा जिल्ला संयोजकले भने, “पीडित जनताप्रति हाम्रो संगठनको पूर्ण प्रतिबद्धता छ। प्रारम्भिक राहत वितरण कार्य अघि बढिसकेको छ र आगामी दिनहरूमा स्वास्थ्य सेवा, सरसफाइ र दीर्घकालीन पुनःस्थापनामा समेत हाम्रो सक्रियता जारी रहनेछ।”राहत र उद्दारमा वाईसियल आएपछि स्थानीय बासिन्दा र पीडितहरूले YCL को सक्रियता र मानवीय सेवाको खुलेर प्रशंसा गरेका छन्। एक स्थानीय बासिन्दाले भने, YCL का साथीहरू त्रिपाल र चामल लिएर आइपुगेका थिए। यस्तो साथ पाउँदा साह्रै राहत महसुस भयो।”यस बाढीले अहिलेसम्म १८ जना बेपत्ता, ७ जनाको ज्यान गएको, र दर्जनौं संरचनामा क्षति पुर्‍याएको आधिकारिक जानकारी आएको छ।

नेपाल–चीन जोड्ने मितेरी पुलसमेत पूर्ण रूपमा बगाएको छ भने रसुवागढी जलविद्युत परियोजनाको बाँध, सडक, भन्सार यार्ड र सौर्य चार्जिङ स्टेशनहरूमा पनि ठूलो क्षति पुगेको छ।YCL नेपालले यस्ता विपद क्षणमा सरकारसँग सहकार्य गर्दै निःस्वार्थ सेवा र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरिरहेको छ। संगठनले देशभरका युवा र शुभेच्छुकहरूलाई सहयोगका लागि अपिलसमेत गरेको छ।

Like this: