Spread the love
Spread the love
माओबादी केन्द्र निकट वाईसियल श्रम तथा उत्पादन अभियानमा
Spread the love

माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले २ महिने ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ। बुधबार बसेको वाइसियल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गर्ने वाइसिएलले जनाएको छ।

बैठकमा इन्चार्ज रामप्रसाद सापकोटाले संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न आग्रह गरे। वाइसिएलले विपत् व्यवस्थापनमा सक्रिय रूपमा खटिने गरी विपत् व्यवस्थापन समूहसमेत गठन गरेको छ।यसैगरी, वाइसिएलले वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालय तथा निर्माण परियोजनामा हुने ढिलासुस्तीलगायतविरुद्ध दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहका युवालाई लिएर ‘पोलिटिकल युथ कन्सर्ट’ आयोजना गर्ने वाइसिएलको तयारी छ।