काठमाडौं ।मुख्य राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले जितेको छ ।
आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । डंगोल ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे ।
यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर ४ हजार ३ सय सैतिस मत पाएर तेस्रो हुन पुगे ।
कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल विजयी, माओवादी दोस्रो एमाले तेस्रो