नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। आइतबार बोर्डको अध्यक्ष सिफारिस गर्न गठित सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस समितिले अध्यक्ष नियुक्तिको लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो। ति मध्येबाट मन्त्रिपरिषद बैठकले सन्तोष नारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top