काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक वचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईंले ढाँटवादको अभियान नै चलाइरहेको दावी गरेका छन् । प्रसाइको ढाँटवादलाई लोकप्रियतावाद भन्न नमिल्ने ओलीको भनाइ छ ।
शुक्रबार काठमाण्डौको दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा बोल्दै केपीले भने, ‘लोकप्रियतावाद भन्ने शब्द मिलेको छैन । ढाँटवादलाई लोकप्रियतावाद भन्न पटक्कै मिल्दैन । मान्छेलाई नभएको कुरा हो भनेर अनेक प्रकारका नक्कली चिर्कटा देखाएर हुँदैन ।’ उनले दुर्गा प्रसाईँले कम्बोडियाको टेलिकममा ३२.५ अर्व लगानी भएको दाबी गरिएको प्रमाण देखाउन चुनौती दिँदै त्यत्तिकै भ्रमण फैलाउन नपाइने बताए ।
दुर्गा प्रसाईंको ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन : केपी ओली