११ वर्षपछि नेपाल र अफगानिस्तान फुटबल भिड्दै

काठमाडौं– नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । सन् २०१३ को साफ च्याम्पियनसिपको सेमिफाइनल नेपाल र अफगानिस्तानबीच डिसेम्बर ११, २०१३ मा काठमाडौंको दशरथ रंगशालामा भएको थियो। उक्त खेलमा अफगानिस्तान १–० ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो ।११ वर्षपछी यि दुई टोली भिड्न लागेका हुन ।

नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको थियो ।

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।

मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम

गोलकिपर : किरण कुमार लिम्बु (सी), विशाल सुनार, दीप कार्की।

डिफेन्डरः चिरिङ लामा, विमल पाण्डे, अभिषेक लिम्बु, रोहित चन्द, सनिश श्रेष्ठ, रणदिप पौड्याल, अभिषेक वाइबा, अन्जल महर्जन ।

मिडफिल्डरः मणि लामा, रोहन कार्की, अरिक विष्ट, उत्सव राई, मनिष डाँगी, आयुष घलान, अरविन्द राई, भरत खवास, सुमित श्रेष्ठ ।

फरवार्ड: अन्जन विष्ट, जिलेस्पे जंग कार्की, निरजन धामी ।

११ वर्षपछि नेपाल र अफगानिस्तान फुटबल भिड्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top