काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
साथै उक्त बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पुस २ मा बस्ने