बुवाको किरिया बसिरहेका छोराको मृत्यु

झापा

बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका १ व्यक्तिको दु:खद निधन भएको छ ।झापा जिल्ला शिवसताक्षी नगरपालिका११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरियाकै समयमा निधन भएको हो । बुवाको काजकिरिया बसिरहेको अवस्थामा उनलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो ।


उपचारकै क्रममा उनको सोमबार साँझ निधन भएको हो । बुबा दिलबहादुर घिमिरेको साउन ७ गते सडक दुर्घटना परेर उपचारको क्रममा मृत्यु भएको थियो । बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ ।

बुवाको किरिया बसिरहेका छोराको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top