काठमाडौं ।
आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ५९ अंकले घटेर २,०७३ को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा तीन सय १३ कम्पनीको एक करोड चार लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको १३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
शेयर बजारमा ४ दशलमव ५९ अंकको गिरावट,