काठमाण्डौ
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा संलग्नताबारे कांग्रेसले छानबिनको माग गर्दै आएको छ । तर, दलहरूबीच समितिको कार्यादेशलाई लिएर सहमति जुट्न सकेको छैन ।
कांग्रेसले सरकारमाथि दबाब बनाउन सडकमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन दिउँसो १ बजेबाट सुरु हुने नेपाली कांग्रेसले जनाएको छ । संसद्मा कांग्रेसको अवरोध कायमै छ ।
सहकारी प्रकरणमा छानबिन समिति माग गर्दै काठमाडौंमा कांग्रेसले प्रदर्शन गर्ने