विश्व चर्चित क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज जाने भएका छन । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न जाने बाटो खुलेको छ ।
आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ ।
सन्दीप लामिछाने विश्वकप खेल्न जाने