Spread the love
Spread the love
शवगृहमा शव राख्दा ३ प्रतिशत कर लगाएको भन्दै सरकारमाथि ज्ञानेन्द्र शाहीको आक्रोश
Spread the love

काठमाण्डौ । सांसद ज्ञानेन्द्र शाहीले मृत्युपछि शवगृहमा शव राख्दा ३ प्रतिशत कर असुल्ने सरकारी नीतिको कडा विरोध गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो नीति मानवीय संवेदनाविपरीत भएको भन्दै सरकारको तिब्र आलोचना गरेका हुन्।

शाहीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, "मृत्युपछि शवगृहमा शव राखेबापत पनि ३% कर असुल्ने सरकारको नीति रहेछ। ए सरकार, एकदिन हामी सबै मर्नु पर्छ। कम्तीमा जीवनको अन्तिम घडीसँग जोडिएका विषयमा यति पाप त नगर हो"

उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आइरहेका छन्। धेरै प्रयोगकर्ताले जीवनको अन्तिम संस्कारसँग सम्बन्धित सेवामा कर लगाउने विषयमा सरकार पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्