Spread the love
Spread the love
क्षेत्रीय शिखर सम्मेलनमा भाग लिन प्रहरी महानिरीक्षक कार्की बैंकक प्रस्थान​
Spread the love

‘फेडरल ब्युरो अफ इन्भेस्टिगेसन’ (FBI) र रोयल थाई पुलिसको संयुक्त आयोजनामा थाइल्यान्डको बैंककमा आयोजना हुन लागेको क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक दानबहादुर कार्की त्यसतर्फ प्रस्थान गरेका छन्।

महानिरीक्षक कार्कीसँगै प्रहरी उपरीक्षक धर्मराज भण्डारी पनि आइतबारै बैंकक प्रस्थान गरेका हुन्।​बैंककमा साउन ४ र ५ गते सञ्चालन हुने ‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्डस् एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ सम्बन्धी शिखर सम्मेलनमा उनीहरूले नेपालको प्रतिनिधित्व गर्नेछन्।

सम्मेलनमा मुख्य गरी संगठित अपराधका चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति तय गर्ने, संयुक्त कार्ययोजना बनाउने र अन्तर्राष्ट्रिय समन्वय बढाउने जस्ता महत्त्वपूर्ण एजेन्डाहरूमा विस्तृत छलफल हुने बताइएको छ।

​प्रहरी महानिरीक्षक कार्कीको थाइल्यान्ड भ्रमण अवधिभर नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) राजन अधिकारीले सम्हाल्नेछन्।​

प्रस्थान गर्नुअघि महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूले बिदाइ गरेका थिए।