आज बिहान नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गुडिरहेको बसले ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किँदा भीषण दुर्घटना भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूको चितवन मेडिकल कलेज (२१ जना) र पुरानो मेडिकल कलेज (९ जना) मा उपचार भइरहेको छ।
दुर्घटनाका कारण केही समय प्रभावित भएको यातायात सेवा सडकको अवरोध हटाइएसँगै अहिले पुनः नियमित सञ्चालनमा आएको छ।
