Spread the love
Spread the love
मधेश प्रदेशको राजस्व सङ्कलन: लक्ष्यको ७० प्रतिशत मात्र प्राप्ति​
Spread the love

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो लक्ष्यको ७० प्रतिशत अर्थात् कुल रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ।

अर्थ मन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यका अनुसार यस कुल राजस्वमध्ये आन्तरिक राजस्व सङ्कलन रु ५ अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको छ, जसमा सवारीसाधन करबाट रु २ अर्ब २७ करोड ८० लाख ९७ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु १ अर्ब ७७ करोड ९५ लाख २२ हजार, सवारीचालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरबाट रु ७९ करोड ५६ लाख २९ हजार, दहत्तर बहत्तरको बिक्रीबाट रु २० करोड १५ लाख ७३ हजार र यातायात क्षेत्रबाट रु १२ करोड ६३ लाख ९२ हजार सङ्कलन भएको छ। यसैगरी, प्रदेश सरकारले सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट मूल्य अभिवृद्धि करबापत रु ८ अर्ब ८६ करोड ८५ लाख ६ हजार र अन्तःशुल्कबापत रु ३ अर्ब २० करोड ४३ लाख ९१ हजार प्राप्त गरेको छ भने वित्तीय समानीकरण अनुदानअन्तर्गत रु ७ अर्ब छ करोड १६ लाख ७८ हजार, सशर्त चालु अनुदानतर्फ रु २ अर्ब १७ करोड २७ लाख ७२ हजार र सशर्त पुँजीगततर्फ रु १ अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त गरेको छ। अर्थ मन्त्रालयका सूचना अधिकारी अंशकुमार झाका अनुसार मुलुकमा विद्यमान आर्थिक तरलताका कारण घरजग्गा र सवारीसाधन खरिद-बिक्रीमा आएको मन्दीका साथै गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने निकायहरूमा पुगेको भौतिक क्षतिका कारण यस वर्ष अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको हो।