Spread the love
Spread the love
मनसुनजन्य विपद्को पूर्वतयारी र उद्धारलाई प्रभावकारी बनाउन सभामुखको सरकारलाई निर्देशन
Spread the love

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित जोखिमको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले देशैभरि बढ्दो विपद्को जोखिम र यसले निम्त्याउन सक्ने संकटबारे आवाज उठाएपछि सभामुख अर्यालले सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा सांसदहरूले बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जनताको जिउधनको रक्षा गर्न तथा विपद् नियन्त्रणमा विशेष ध्यान दिन सरकारसँग जोडदार माग गरेका थिए।

सांसदहरूको चासो र मागपछि सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारलाई निर्देश गरे।

उनले विपद्को समयमा प्रभावकारी पूर्वतयारी, द्रुत राहत तथा उद्धार कार्यका साथै बाढी-पहिरोका कारण अवरुद्ध हुन सक्ने सडकहरू तत्काल खुलाएर सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका छन्।