Spread the love
Spread the love
जाजरकोटमा पहिरोले टहरा पुर्दा एक महिलाको मृत्यु, छोरी र नातिनीको सकुशल उद्धार
Spread the love

अविरल वर्षाका कारण जाजरकोटमा पहिरो जाँदा एक महिलाको दुःखद मृत्यु भएको छ भने दुई जनालाई जीवितै उद्धार गरिएको छ।

​जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गते राति परेको भारी वर्षाका कारण भेरी नगरपालिका–२ राङ्सीमा पहिरो खसेको थियो।

स्थानीय जयशीला शाहको अस्थायी टहरामाथिबाट अचानक पहिरो खस्दा टहरा पुरिएको र उक्त घटनामा परी ६० वर्षीया जयशीलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

​टहरा पहिरोले पुरिएलगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको थियो। उनीहरूको तदारुकताका कारण पहिरोमा पुरिएकी जयशीलाकी ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टिका थापालाई भने सकुशल उद्धार गर्न सफलता मिलेको छ।