Spread the love
Spread the love
रास्वपा गण्डकी प्रदेशको नेतृत्व त्रिपाठीलाई, पहिलो चरणमै ल्याए बहुमत
Spread the love

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिको सभापतिमा कास्कीका नवीन त्रिपाठी निर्वाचित भएका छन्। पोखरामा आयोजित पार्टीको प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा त्रिपाठी २३४ मत प्राप्त गर्दै विजयी भएका हुन्।

​त्रिपाठी प्रदेश समितिका निवर्तमान महामन्त्री समेत हुन्। सभापतिका अन्य प्रत्याशीहरूमध्ये निवर्तमान सभापति एवं प्रतिनिधिसभा सदस्य राजन गौतमले १८२ मत, माधव कँडेलले ११ मत र डा. हरि कार्कीले २ मत प्राप्त गरे। रास्वपाको विधानअनुसार सभापतिमा निर्वाचित हुन कुल खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ।

त्रिपाठीले पहिलो चरणमै आवश्यक बहुमत प्राप्त गरेको निर्वाचन समितिका संयोजक डा. राम गुरुङले जानकारी दिए। अधिवेशनमा कुल ७८० प्रतिनिधि रहे पनि ४३७ जनाले मात्र मतदानमा भाग लिएका थिए।​गण्डकी प्रदेश सदस्यका लागि कुल ५१ जनाले उम्मेदवारी दिएका थिए, जसमध्ये विभिन्न क्लस्टरसहित ३३ जना निर्वाचित हुनेछन्।