इजरायल ।
इजरायली सेनाले गाजामा हवाई हमला गरी हमास नेता इस्माइल हनिएका तीन जना छोराहरुको हत्या गरेको छ ।
हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताए ।
इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको सेनाको भनाई छ ।
हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका ३ नातिनातिनाको पनि हत्या भएको छ ।
हवाई आक्रमण गरी इजरायलले हमास नेताका ३ छोराको हत्या गर्यो