Spread the love
Spread the love
भारत भ्रमण लगत्तै परराष्ट्रमन्त्री खनाल चीन जाँदै, लिपुलेकको एजेन्डा समेटिने सम्भावना
Spread the love

​परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन्। हालै जेठ २२ देखि २४ गतेसम्मको भारत भ्रमण सकेर फर्किएका मन्त्री खनालको नयाँ भ्रमण तय भएको हो। स्रोतका अनुसार उनी जुन १४ (जेठ ३१ गते) मा चीन प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा जुन १५ र १६ तारिखमा औपचारिक भेटघाटहरू हुनेछन् भने जुन १७ मा उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ।

​चीन बसाइका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ। यसका साथै उनले त्यहाँ रहेका नेपाली डायस्पोरा (प्रवासी नेपालीहरू) सँग पनि अन्तर्क्रिया गर्नेछन्।

यसअघि भारत भ्रमणका क्रममा उनले आफ्ना भारतीय समकक्षी एस जयशंकर र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेका थिए।​यस भ्रमणमा विशेष गरी नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा मन्त्री खनालले नेपालको स्पष्ट अडान राख्ने र दुई देशबीचको बहुआयामिक सम्बन्धबारे छलफल हुने बताइएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारत भ्रमणमा केन्द्रित हुनुप परेकाले चीन भ्रमणको तयारीबारे विस्तृत छलफल हुन बाँकी भए पनि चिनियाँ पक्षसँग नियमित सम्पर्क भइरहेको छ र मन्त्रालयले यसको औपचारिक एजेन्डा चाँडै सार्वजनिक गर्नेछ।