Like this:

बजेट २०८३/८४: मुख्य मुख्य बुँदाहरू

“बजेटको आकार र कर्मचारी सुविधा"​कुल बजेट: रु. २१ खर्ब २४ आर्ब ​तलब वृद्धि: सरकारी कर्मचारीको तलब २१% ले वृद्धि र नर्सको रात्रिकालीन भत्ता दोब्बर।

​“शेयर बजार र संस्थानहरू”नयाँ कारोबार: शेयर बजारमा इन्ट्रा-डे र सर्टसेल सुरु गरिने; एनआरएन (NRN) लाई दोस्रो बजार खुल्ला।​नेपाल टेलिकम: सरकारी स्वामित्व ६६% मा झारेर बाँकी शेयर सर्वसाधारणलाई बेचिने।​मर्जर र पुनर्संरचना: HIDCL मर्जर गरिने र नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना हुने।

​“ठूला पूर्वाधार र ऊर्जा”राजमार्ग र द्रुतमार्ग: पूर्व-पश्चिम राजमार्गलाई रु. ३७.४६ अर्ब र फास्ट ट्र्याकलाई रु. १७.६४ अर्ब।​बुढीगण्डकी आयोजना: १२०० मेगावाट क्षमताको यो आयोजना कम्पनी मोडेलमा लगिने।​निजगढ विमानस्थल: ६ महिनाभित्र लगानी मोडालिटी टुंग्याइने।

“कृषि, लगानी र सामाजिक नीति”कृषि अनुदान: २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% सम्म अनुदान।​विदेशमा लगानी: नेपालीले विदेशमा पनि लगानी गर्न पाउने व्यवस्था गरिने।​सामाजिक सुरक्षा: सम्पन्न नागरिकलाई सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गरिने।

Like this: