मेक्सिकोलाई सन् २०२६ को फिफा विश्वकपका लागि इरानी टोलीको आतिथ्यता गर्न कुनै समस्या नरहेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले सोमबार बताएकी छन्।इरानले आफ्नो समूहलाई मूल योजनाअनुसार अमेरिकाको टक्सन, एरिजोनामा नराखी, त्यसको विकल्पमा मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा राख्न चाहेको बताएको थियो।
राष्ट्रपति शेनबामले इरानी टोलीको व्यवस्थापनबारे आयोजित पत्रकार सम्मेलनमा भनिन्, “अमेरिका इरानी फुटबल टोली र इरानी शुभेच्छुकहरूलाई आफ्नो भूमिमा राख्न चाहँदैनथ्यो। त्यसैले इरानले मेक्सिकोमा बस्नका लागि अनुमति मागेको थियो र हामीले उनीहरूको प्रस्तावलाई स्वीकार गरेका छौँ। उनीहरूलाई आतिथ्यता दिन हामीलाई कुनै समस्या छैन।”
