Spread the love
Spread the love
घरायसी कुटपिटबाट श्रीमतीको मृत्यु, हत्या आरोपमा श्रीमान् पक्राउ
Spread the love

श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका एक युवक सोमबार पक्राउ परेका छन्। साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडा धारिम बस्ने ३३ वर्षीय राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, गत जेठ ८ गते राति ११:५५ बजे घरायसी विवादमा कुटपिट गर्दा उनकी २८ वर्षीया श्रीमती शान्ति चर्मकार राईको मृत्यु भएको थियो। अनुसन्धानबाट घटनामा राजकुमारकै संलग्नता खुलेपछि सदरमुकाम दिक्तेलबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरी सदरमुकाम ल्याएको हो।

​पक्राउ परेका राईविरुद्ध कर्तव्य ज्यान मुद्दामा खोटाङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) निराजन बस्नेतले जानकारी दिए।