Like this:

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्​

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटेको छ। कास्की जिल्ला अदालतले शुक्रबार सरकारी पक्षको मागबमोजिम अभियोगपत्र संशोधन गर्न अनुमति दिएसँगै यी दुई कसुर हटेका हुन्।​

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले लामिछानेसहित अन्य प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी कायम नहुने गरी अभियोगपत्र संशोधनको निर्णयलाई सदर गरेको हो। अदालतको यो आदेशसँगै अब उनीहरूविरुद्ध सहकारी ठगीको मुख्य मुद्दामा मात्र केन्द्रित रहेर कानुनी कारबाही अघि बढ्नेछ।

Like this: