Spread the love
Spread the love
सभामुख अर्यालद्वारा श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन चेतावनी, हर्क राईको उल्टै प्रश्न
Spread the love

सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई संसद्‌भित्र आफ्नो व्यवहार सच्याउन कडा चेतावनी दिएका छन्। संसद्को मर्यादा विपरीत सदनको बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम उनीहरूलाई मर्यादित हुन र आफ्ना क्रियाकलाप सच्याउन निर्देशन दिएका हुन्।सभामुखको उक्त चेतावनीको तत्कालै प्रतिवाद गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भने सभामुखलाई नै उल्टै प्रश्न गरेका छन्। उनले सभामुख आफैंले चाहिँ नियमावलीको नियम १५ पूर्ण रूपमा पालना गराउनुभएको छ कि छैन भन्दै सदनमै प्रश्न उठाएका थिए।