Like this:

आजको मौसम: देशैभरि बादल, विभिन्न ठाउँमा वर्षा र हावाहुरीको सम्भावना​

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको हल्का प्रभाव देखिएको छ। यसका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागेको छ भने देशका अन्य भागमा मौसम आंशिक रूपमा सफा छ। यतिबेला गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।​

दिउँसोको मौसम

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बादल लाग्नेछ भने देशका बाँकी अन्य ठाउँमा मौसम आंशिक रूपमा बदली रहनेछ। यो समयमा कोशी, बागमती, गण्डकी र कर्णालीका केही पहाडी र हिमाली क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित पानी पर्ने र हिउँ फल्ने सम्भावना छ। साथै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा आज दिउँसो तीव्र गतिको हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।​

रातिको मौसम

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रमा बादल लागिरहनेछ भने अन्य ठाउँको मौसम सामान्यतया सफा वा आंशिक बादल लाग्नेछ। रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्छ। यसका साथै मधेस र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा राति पनि हावाहुरी चल्ने सम्भावना छ।

Like this: