Spread the love
Spread the love
रास्वपाका स्थानीय नेता ताराबहादुर लागुऔषधसहित पक्राउ
Spread the love
परासी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेता गाँजासहित पक्राउ परेका छन्। सुनवल नगरपालिका–४ बेलारी निवासी ५२ वर्षीय ताराबहादुर क्षेत्रीलाई नेपाल प्रहरीले २ केजीभन्दा बढी गाँजासहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार क्षेत्रीले सञ्चालन गर्दै आएको पर्वत धौलागिरी होटल एण्ड रेष्टुरेन्टमा छापा मार्दा ७ वटा प्याकेट र एक बोरामा राखिएको गाँजा इलाका प्रहरी कार्यालयको टोलीले बरामद गरेको थियो। प्रहरीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले पक्राउ परेका क्षेत्रीमाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।