‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले सन् २०२२ मा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका जुआन भिसेन्ट पेरेज मोराको नाम गरेका भेनेजुएलाका ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गरेका छन् । राष्ट्रपति निकोलस मदुरोले भने, “जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । उहाँ अमर रहनुहुनेछ । शोक सन्तप्त मृतकका परिवारजनमा गहिरो समवेदना ।”
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन