Originally posted 2025-06-11 15:50:03.

Like this:

काठमाण्डौ महानगरका पुर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार विरुद्ध भ्रष्टाचार मुद्दा दायर l

काठमाडौं महानगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। उनी हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्।

भ्रष्टाचार मुद्दा दायर भएसँगे परियार निलम्बनमा परेका छन्। परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन्। उनी बालेनको विश्वासिला पात्र मानिन्छन्।सामाखुसी करिडोरमा बसुन्धारादेखि म्हैपीसम्मको बाटो तथा ढल निर्माणसम्बन्धमा बदनियpत राखेर ठेक्का लगाएको र मनसायपूर्वक गलत मूल्यांकन प्रतिवेदन खडा गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारको अभियोग छ। महानगरले कल्पवृक्ष–कोहिनूर जेभीलाई बोलपत्र स्वीकृत गरेर ठेक्का दिएको थियो।चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस मुद्दामा परियारसहित महानगरपालिकाका निर्देशकहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी प्रतिवादी छन्।

Originally posted 2025-06-11 15:50:03.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Originally posted 2025-06-11 15:50:03.

Like this: