Spread the love
Spread the love
झापामा ठुलो परिमाणको खैरो हिरोइनसहित दुई युवक पक्राउ
Spread the love

झापाको कनकाई नगरपालिका–५ स्थित तल्लो चाप्रामारीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध खैरो हिरोइन बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त टोलीले शुक्रबार बिहान करिब ११:३० बजे गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ जाँदै गरेको मोटरसाइकलबाट उक्त प्रतिबन्धित पदार्थ फेला पारेको हो।पक्राउ पर्नेहरूमा झापा गाउँपालिका–६ का २२ वर्षीय साफिक उलमियाँ र भारतको बिहार राज्य, डिगलबैंक थाना घर भएका २२ वर्षीय निसार आलम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूको साथबाट ५६३ दशमलव ६२० ग्राम खैरो हिरोइन, तीन थान मोबाइल र तस्करीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको छ। बरामद गरिएको लागुऔषधको परिमाण र बजार मूल्य हेर्दा यो निकै ठुलो कारोबार भएको देखिन्छ।नेपालको कानुनअनुसार १०० ग्रामभन्दा बढी खैरो हिरोइनको कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाख रूपैयाँसम्म जरिवाना हुन सक्ने कडा कानुनी प्रावधान छ। हाल पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर उनीहरू यो गिरोहमा कसरी आबद्ध भए र यसको मुख्य योजनाकार को हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।