Spread the love
Spread the love
नेपाली टी-२० टोलीमा नयाँ कप्तान: रोहितलाई आराम, दीपेन्द्रलाई कप्तानीको जिम्मेवारी
Spread the love

नेपाल क्रिकेट संघ (CAN) ले युएई (UAE) विरुद्धको आगामी दुई खेलको टी-२० आई (T20I) शृङ्खलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। यो शृङ्खलाका लागि नेपालले कप्तान परिवर्तन गर्दै आक्रामक अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई टोलीको नेतृत्व सुम्पिएको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा र लोकेश बम जस्ता अनुभवी ब्याटरहरू रहेका छन्। बलिङतर्फ सन्दीप लामिछानेले नेतृत्व गर्नेछन् भने उहाँलाई साथ दिन नन्दन यादव, शाहब आलम र शेर मल्ल टोलीमा छन्। यसपटक युवा खेलाडीहरू सन्तोष यादव र हेमन्त धामीले पनि टोलीमा स्थान बनाएका छन् भने अर्जुन साउदले लामो समयपछि पुनरागमन गरेका छन्। नियमित कप्तान रोहित पौडेललाई यस शृङ्खलाका लागि आराम दिइएको छ, तर उनले त्यसपछिको एकदिवसीय (ODI) खेलमा भने कप्तानी गर्नेछन्।