Like this:

सिंगटी हाइड्रो ( Shel ) को नाफा व्हात्तै वढ्यो,

जुनेली मिडिया

काठमाडौं :  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १३ करोड ४३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो ।विद्युत बिक्रीबाट हुने आम्दानी ५३ करोड ७२ लाखबाट बढेर ५५ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यसैले नाफामा सुधार आएको हो । अन्य आम्दानी २२ लाख रहेको छ ।

त्यस्तै, वित्तीय खर्च ३६ करोड ८६ लाखबाट घटेर २० करोड ८२ लाख कायम भएको छ । २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको एकुमुलेटेड प्रफिट ९५ लाख १७ हजार रुपैयाँ छ । सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १०८.९९ रुपैयाँ र इपीएस ४.६३ रुपैयाँ छ ।

2 thoughts on “सिंगटी हाइड्रो ( Shel ) को नाफा व्हात्तै वढ्यो,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Like this: