Spread the love
Spread the love
प्रधानमन्त्री कपमा आसिफको ‘डबल धमाका’: मधेस बाहिरियो, सुदूरपश्चिम फाइनलमा
Spread the love

काठमाडौँ. आसिफ शेखको ऐतिहासिक २०८ रनको दोहोरो शतकको मद्दतले एपिएफ क्लबले मधेस प्रदेशलाई ७४ रनले पराजित गरेको छ। आसिफले मात्र १४२ बलमा १७ छक्का प्रहार गर्दै कीर्तिमान बनाएपछि एपिएफले ३९० रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा मधेसले ३१६ रन मात्र बनाउन सक्यो, जसका कारण ऊ फाइनल पुग्ने दौडबाट बाहिरिएको छ।
मधेसको हारसँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको आधारमा फाइनलमा पुग्न सफल भएको छ। अर्कोतर्फ, त्रिभुवन आर्मी क्लबले कोसी प्रदेशलाई १८५ रनले हराउँदै लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। आर्मीका कप्तान विनोद भण्डारीले १८९ रनको सानदार इनिङ खेलेपछि कोसी मात्र १७७ रनमा समेटिन पुग्यो।

अब आगामी शुक्रबार हुने फाइनल खेलमा अपराजित रहेको त्रिभुवन आर्मी क्लब र विभाग बाहिरको पहिलो टोलीको रूपमा इतिहास बनाएको सुदूरपश्चिम प्रदेशबीच उपाधिका लागि भिडन्त हुनेछ। यस प्रतियोगितामा अर्जुन कुमाल, आसिफ शेख र विनोद भण्डारी धेरै रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्।