Spread the love
Spread the love
रास्वपा मधसे प्रदेश सभापति कांग्रेसमा प्रवेस, रास्वपा पार्टीमा दागी व्यक्तिहरु भएको दावी
..
Spread the love
जनकपुर, मधेस प्रदेशकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। बुधबार जनकपुरमा भएको कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टीमा स्वागत गरे सभापति गगन थापाले। शर्माले सोही दिन मात्रै रास्वपा छाडेको घोषणा गरेकी थिइन्। उनी रास्वपामा महिला तथा सामाजिक विकास विभागकी सदस्य थिइन्। उनले पार्टीको नियम र प्रक्रिया पालना नगरेकामा असन्तुष्टि व्यक्त गर्दै रास्वपामा योगदानको मूल्यांकन नपाएको कारण कांग्रेस रोजेको बताइन्। उनका अनुसार, रास्वपा पार्टीमा दागी व्यक्तिहरु हुँदा आफूले योगदान गरेको सही सम्मान नपाएकोले उनी जेन–जीको भावनालाई बोकेर सुशासन र जनसेवामा केन्द्रित कांग्रेसमा प्रवेश गरेकी हुन्।