Spread the love
Spread the love
पुर्व राष्ट्रपतिको जवाफ:- एमालेजनसंग भेटघाट गर्न कसैको अनुमति आवश्यक छैन ।
Spread the love

झापा: नेकपा एमालेको पुर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता कार्यकर्ताहरुसँग  भेटघाट गर्न कसैको अनुमति आवश्यक नभएको बताएकी छन् । कोशी प्रदेशको भ्रमण सकेर काठमाडाैं फर्कने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन एमाले आफूले संगठित सदस्यता नलिँदैदेखिको पार्टी भएकाले कार्यक्रमहरूमा  सहभागी हुन र कार्यकर्ताहरुसँग भेटघाट गर्न कसैको अनुमतिको आवश्यकता नभएको तर्क गरेकी हुन् ।

उनले भनिन, म राष्ट्रपति हुनुभन्दा पहिले मात्र नभएर संगठित सदस्यता प्राप्त गर्नुभन्दा अगाडिदेखी नै नेकपा एमालेमा दत्तचित्त भएर काम गरेकोले धेरै नेता कार्यकर्ता सबैसँग घनिष्ठ चिनजान भएकोले कार्यक्रमहरुमा र भेटघाटमा बोलाउनु स्वभाविक भएको बताइन् । ‘म पनि त यस समाजकै मानिस हुँ मैले पनि भेटघाट र जनसम्बन्ध बनाउनुपर्छ। यसैले जनतासँग भेटघाट गरेर जनधारणा बुझनु मेरो पनि कर्तब्य हो,’ उनले भनिन् । ‘राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी सबै लाग्नुपर्छ । त्यो हाम्रो परम कर्तव्य  पनि  भएकोले देश र नयाँपुस्ताका  लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ यसैले देशभित्र घुमफिर गरिरहन मैले कसैको अनुमति लिइरहनुपर्दैन’, उनले भनिन् । 

उनले आफूले कुनै गुटगत राजनीति नगरेको बताउँदै एमाले  अध्यक्ष केपी शर्मा ओलीले आफुलाई नै तोकेर केही भनेकोबारे आफुलाई थाहा नभएको र भन्दा पनि नभन्ने बताइन। २३ जेठमा विराटनगर महानगरपालिको आयोजनामा २३ गतेदेखी सुरु भएको पालिका उपप्रमुख र उपाध्यक्षहरुको सम्मेलन उद्घाटन गर्न २२ गते अपरान्ह्र विराटनगर आएकी पुर्व राष्ट्रपति भण्डारीले  मोरङ , सुनसरी र झापामा पाँच दिन बिताएकी थिइन्। केपी ओलीको गृह जिल्ला झापामा एमालेले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *