Spread the love
Spread the love
जसपाका उम्मेदवारनै एमालेमा प्रवेस
.
Spread the love
रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका श्रीनिवास यादवले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका यादवले सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत आफूले जसपा छाडेर एमाले रोजेको जानकारी दिए। उम्मेदवारी दर्तापछि मतदातासँग भेटघाटका क्रममा क्षेत्र नं. ३ मा एमालेप्रति स्पष्ट समर्थन देखिएको र वर्तमान राष्ट्रिय परिस्थितिमा राष्ट्रियताको पक्षमा एमाले प्रभावशाली शक्ति भएको निष्कर्षमा पुगेको उनले बताए। पत्रकार सम्मेलनपछि जारी गरिएको प्रेस विज्ञप्तिमा यादवले तत्काल प्रभावबाट जसपाको साधारण सदस्यता र सबै जिम्मेवारी त्याग्दै आफ्नो उम्मेदवारीसमेत फिर्ता लिएको घोषणा गरेका छन्। साथै, अब एमालेका सिद्धान्त र नीतिलाई अंगाल्दै सो पार्टीका उम्मेदवारको पक्षमा जनमत निर्माणमा सक्रिय रहने उल्लेख गरेका छन्। उनले देशको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख शक्ति बन्न सक्ने दाबी पनि गरेका छन्। यादवलाई एमालेमा स्वागत गर्न रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार वासुदेव घिमिरे, क्षेत्र नं. ४ का उम्मेदवार प्रमोद कुमार यादव, एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, गुमादेवी आचार्य तथा जिल्ला अध्यक्ष यज्ञ गैरेलगायत नेताहरू उपस्थित थिए।