Spread the love
Spread the love
युवा उम्मेदवार लेखनाथ न्यौपानेलाई समर्थन गर्न बाबुरामले लिए उम्मेदवारी फिर्ता
..
Spread the love
गोर्खा, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट गोरखा–२ मा चुनावी मैदानमा उत्रिएका बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। मंगलबार उनले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन। गोरखा–२ मा अब राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने प्रतिस्पर्धामा रहेका छन्। चौथोपटक सो क्षेत्रबाट उम्मेदवार बनेका भट्टराईले सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरेका हुन्। युवा उम्मेदवार लेखनाथ न्यौपानेलाई समर्थन गर्ने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईको भनाइ छ। गोरखा–२ का निर्वाचन अधिकृत मोहन बेलवासेका अनुसार भट्टराईका प्रतिनिधि नारायण खत्रीमार्फत् उम्मेदवारी फिर्तासम्बन्धी निवेदन बुझाइएको हो।