Like this:

काठमाण्डौ–२ बाट नेकपाको उम्मेदवार नितेश पौडेल

काठमाण्डौ, नेपाली कम्युनिस्ट पार्टीले काठमाडौं क्षेत्र नम्बर–२ बाट नितेश पौडेललाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार बनाएको छ। पार्टीले उनलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा मैदानमा उतारेको हो।पार्टी संगठनप्रति प्रतिबद्ध, संघर्षशील र स्पष्ट वैचारिक धारणा बोकेको लोकप्रिय युवा नेताका रूपमा छवि वनाएका पौडेललाई तारा चिन्हमा मतदान गरि विजयी गराउन नेकपाले आम जनसमुदाय समक्ष अनुरोध गरेको छ। पार्टीले भ्रष्टाचार, बेथिति र दलाली राजनीतिविरुद्ध सशक्त रूपमा उभिन सक्ने उम्मेद्वारको रूपमा उनलाई अघि सारेको जनाएको छ।


उम्मेद्वार बनेपछि प्रतिक्रिया दिँदै पौडेलले भने, यो चुनाव सत्ता प्राप्तिको होइन, परिवर्तनको लडाइँ हो। काठमाडौं–२ का जनताको हक र अधिकारका लागि निर्भीक रूपमा आवाज उठाउनेछु।
नेपाली कम्युनिस्ट पार्टीले तारा चुनाव चिन्हलाई श्रम, समानता र समाजवादको प्रतीक भएको उल्लेख गर्दै यसपटक काठमाडौं–२ मा नेकपाको पक्षमा निर्णायक परिणाम ल्याउने दाबी गरेको छ।
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा विजयीको प्रमुख दावेबार मानिएका पौडेलको उम्मेद्वारीले काठमाडौं–२ को चुनावी राजनीति थप रौनक बनेको छ।

काठमाण्डौ २ नेकपाको.....

Like this: