Spread the love
Spread the love
सुन, चाँदीको मूल्य अहिलेसम्मकै उच्च
.
Spread the love

काठमाण्डौ, नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य ऐतिहासिक उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा उल्लेख्य वृद्धिदेखिएको छ। आज सुनको मूल्य तोलामा ४,१०० रुपैयाँले बढेर २,७४,७०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा २,७०,६०० रुपैयाँ कायम थियो। यसरी लगातार मूल्य बढ्न थालेपछि सुनमा लगानीकर्ताको चासो पनि बढ्दै गएको छ।


सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धिदेखिएको छ। आइतबार चाँदीको मूल्य तोलामा ४,९९० रुपैयाँ रहेको थियो भने आज २०५ रुपैयाँले वृद्धि भई ५,१९५ रुपैयाँमा कारोबार भइरहेको छ। बजारमा सुन र चाँदी दुवैको मूल्य बढ्दै गएपछि व्यवसायीहरू र लगानीकर्ताबीच हलचल देखिएको छ।