Spread the love
Spread the love
अमेरिका भ्रमणमा गएर आएपछि  राजिनामा दिने अडानमा मन्त्री गुप्ता
Spread the love

काठमाण्डौ, प्रधानमन्त्री सुशीला कार्कीले पार्टीगत गतिविधिमा सक्रिय देखिएका मन्त्रीहरूलाई पद त्याग गर्न कडा निर्देशन दिएपछि तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रास्वपा उपसभापति कुलमान घिसिङले राजीनामा दिएका छन्।


मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले कुलमान घिसिङसहित मन्त्री बब्लु गुप्ता र जगदीश खरेललाई पदबाट अलग हुन आग्रह गरेकी थिइन्। तर, मन्त्री खरेलले आफू कुनै राजनीतिक दलसँग आबद्ध नभएको र चुनावी राजनीतिमा जाने योजना पनि नरहेको बताउँदै राजीनामा नदिने स्पष्ट पारेका छन्।

फाइल फोटो


यता मन्त्री गुप्ताले भने आफु राजनीतिक यात्रातर्फ जाने संकेत गरेका छन्। उनीनिकट स्रोतका अनुसार हाल अमेरिका भ्रमणको तयारीमा रहेका गुप्ताले भ्रमण सम्पन्न भएपछि मात्रै राजीनामा दिने मनस्थिति बनाएका हुन्। कुलमानको पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सहकार्यको सहमति सार्वजनिक हुँदा गुप्ता पनि उनीसँगै देखिएका थिए।
मन्त्रिपरिषद्ले गुप्ताको अमेरिका भ्रमण स्वीकृत गरिसकेको छ। रातो पासपोर्ट र सरकारी सुविधा प्रयोग गरी एकपटक अमेरिका गएर फर्किएपछि मात्रै राजीनामा दिने उनको तयारी रहेको बुझिएको छ।