Like this:

कांग्रेस नेता सुनिल शर्माको अस्पतालको छतबाट खसेका डाक्टरको निधन
.


विराटनगर। नेपाली कांग्रेसका नेता डा. सुनील शर्माको नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत डाक्टर अमित यादवको उपचारका क्रममा निधन भएको छ।
प्रहरीका अनुसार बिहान करिब ६ः३० बजे यादव अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेका थिए। खसेपछि उनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए। तत्कालै उनलाई सोही अस्पतालमा उपचारका लागि भर्ना गरिएको भए पनि चिकित्सकको प्रयास सफल हुन सकेन र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
३४ वर्षीय यादवको खस्नुको कारण अझै खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर प्राविधिक तथा परिस्थितिजन्य अनुसन्धान अघि बढाइएको छ।

Like this: