Spread the love
Spread the love
सुदूरपश्चिमका चर्चित नेता प्रकाश शाह एमाले परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

शाहले पार्टी परित्याग गर्दा एमालेलाई गम्भीर धक्का....
Spread the love

काठमाडौं । नेकपाएमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्वमन्त्री प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। बुधबार राष्ट्रिय सभामा आयोजित विशेष समारोहका बीच नेता भीम रावलसँगै सो पार्टीमा प्रवेश गरेको घोषणा गरे।

रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ। पार्टीमा प्रवेशपछि शाहले भने, नेपाली क्रान्तिका नायक, गणतन्त्रका पिता प्रचण्डको नेतृत्वमा देशको हित, राष्ट्रिय स्वाभिमान र नयाँ राजनीतिक संस्कृति निर्माणका लागि हामी सबै एकै मञ्चमा उभिएका छौं।

शाह सुदूरपश्चिममा अत्यन्तै लोकप्रिय नेता मानिन्छन् उनले एमाले परित्याग गर्दा एमालेलाई गम्भीर धक्का लागेको छ।

पार्टी प्रवेश गर्दै नेता शाह