Spread the love
Spread the love
विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको लागी हस्ताक्षर संकलन गर्दै एमाले
चुनाववाट भाग्दै एमाले....
Spread the love

नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निवर्तमान सांसदहरूबाट हस्ताक्षर संकलन सुरु गरेको छ । जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई आगामी २१ फागुनमा निर्वाचन मिति तोकिएको अवस्थामा एमालेले संसद् पुनःस्थापनालाई राजनीतिक निकासका रूपमा अघि सारेको हो ।

दलको निर्णयअनुसार सांसदहरूको समर्थन जुटाउने अभियान सुरू गरिएको छ । निवर्तमान सांसद हेमराज राईका अनुसार, आफूले दलको कार्यालयमा गएर हस्ताक्षर गरिसकेका छन् । ‘धेरै साथीहरू पनि कार्यालयमा आएका थिए, कतिले साइन गरे भन्ने ठ्याक्कै थाहा छैन,’ उनले भने । सांसद मेनका पोखरेलले पनि आफ्नो हस्ताक्षर भएको पुष्टि गर्दै भनिन्, ‘यो पार्टीको आन्तरिक प्रक्रिया हो, विस्तृत जानकारी छैन ।’ रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठलगायत अन्य सांसदहरूले पनि हस्ताक्षर गरेका छन् ।

एमाले संसदीय दलका अधिकारीका अनुसार बिहीबारसम्म करिब १५ जना सांसदका हस्ताक्षर संकलन भइसकेका छन् ।
यसबीच, विघटित संसद्को प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको समाधानका उपायबारे अन्य दलहरूसँग छलफल भइरहेको बताएका छन् । उनका अनुसार, एमालेले कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूसँग संयुक्त कदमबारे परामर्श जारी राखेको छ ।