Like this:

नारायणकाजीले धोका दिएर पार्टी एकतामा गए, हामी बाहिर भयौँ: सुदन किराती
सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरे

काठमाण्डौ, नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठप्रति असन्तुष्टि जनाउँदै आफूले धोका पाएको गुनासो गरेका छन्।

एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका किरातीले नारायणकाजी श्रेष्ठले बारम्बार गरेका वाचा पूरा नगरेको आरोप लगाए। उनका अनुसार, श्रेष्ठले आफूलाई संयोजकको जिम्मेवारी दिने आश्वासन दिएका थिए तर पछि त्यसलाई कार्यान्वयन नगरेपछि आफूलाई धोका भएको महसुस भएको हो।

किरातीले भने, नारायणकाजीजीले मसँग तीन पटकसम्म कुरा गर्नुभयो,तपाईं संयोजक बन्नुपर्छ’ भनेर। तर पछि त्यो कुरा पुरै बेपत्ता भयो। म यसलाई राजनीतिक धोका ठान्छु।

उनले वर्तमान नेताहरु तत्कालीन स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाए। “नेपालका धेरैजसो नेताले आजको मात्र कुरा गर्छन्, भोलिको सोच राख्दैनन्,” किरातीले भने, राजनीतिमा सिद्धान्तभन्दा पनि स्वार्थले स्थान पाएको छ।

यसै क्रममा उनले पार्टीभित्र नेतृत्व र जिम्मेवारी बाँडफाँडमा देखिएको असन्तुलनका कारण माओवादी आन्दोलनको मूल मूल्य र आदर्श कमजोर बन्दै गएको टिप्पणी गरे।

Like this: