Spread the love
Spread the love
म फेरी प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ : केपी ओली
kp oli
Spread the love

काठमाण्डौ/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालको राजनीतिक अवस्था निरन्तर रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले देशको नेतृत्वप्रति जनताको असन्तुष्टि बढ्दै गएको दाबी गर्दै भने, यदि अहिलेको जस्तै अव्यवस्था चलिरह्यो भने जनताले फेरि स्थिरता र दृढ नेतृत्व खोज्नेछन्, र त्यस्तो अवस्थामा म पुनः प्रधानमन्त्री बन्ने सम्भावना बलियो हुन्छ।

उनले वर्तमान सरकारप्रति जनताको विश्वास घट्दै गएको उल्लेख गर्दै थपे, जनताले अनिश्चयता, अस्थिरता र अराजकता सहँदैनन्। देशलाई दिशाहीन बनाउने अभ्यास लामो समय टिक्दैन। ओलीका अनुसार, अहिलेको सत्ता गठबन्धनले जनअपेक्षा पूरा गर्न नसकेको र राजनीतिको नाममा सत्ता बाँडफाँड मात्र भइरहेको जनताले स्पष्ट रूपमा देखिरहेका छन्।

ओलीले भने, देशलाई स्थायित्व, विकास र राष्ट्रहितका एजेन्डाबाटै अघि बढाउनुपर्छ। तर अहिले देखिएको अवस्था त्यसको उल्टो छ। जब जनताले यो महसुस गर्छन्, तब फेरि जिम्मेवार नेतृत्वको माग बलियो हुन्छ।

ओलीले संवादको अन्त्यमा पार्टी आन्तरिक एकता, नीति स्पष्टता र राष्ट्रिय स्वाभिमानका मुद्दामा एमाले जनतासँग पुनः विश्वास पुनःस्थापित गर्न सक्षम हुने विश्वास पनि व्यक्त गरेका छन।