Spread the love
Spread the love
भ्रष्टाचार मुद्दामा २० लाख रुपैयाँ धरौटीमा रिहा भए सांसद सिंह
.
Spread the love

मधेश प्रदेशका जसपा नेपालका सांसद सरोजकुमार सिंह भ्रष्टाचारसम्बन्धी मुद्दामा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनलाई पक्राउ गरी विशेष अदालतमा एक करोड ३६ लाख रुपैयाँ हिनामिनाको आरोपमा मुद्दा दायर गरेको थियो।


नक्कली उपभोक्ता समितिहरू गठन गरी सरकारी रकम दुरुपयोग गरेको अभियोगमा उनीसहित १६ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार, अदालतले सिंहलाई २० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो।

यसअघि पनि अख्तियारले उनीमाथि २० लाख धरौटी तोकेको थियो, सोही रकम अदालतमा सारेर उनी छुटेका हुन्। मुद्दा दायर भएपछि सिंहको सांसद पद स्वचालित रूपमा निलम्बनमा परेको छ।