Spread the love
Spread the love
एमाले नेताले भने जेनजी आन्दोलनमा हाम्रै कार्यकर्ता संलग्न छन छानविन होस
Spread the love

नेकपा (एमाले) का केन्द्रीय सदस्य परशुराम अधिकारीले भदौ २४ गतेको जेन–जी आन्दोलनमा पार्टीका केही कार्यकर्ता पनि सहभागी भएको  भन्दै त्यसबारे गम्भीर अनुसन्धान आवश्यक भएको बताएका छन्।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने, आन्दोलनको दिन दिनका तोडफोड र आगजनी घटनामा हाम्रा कार्यकर्ताको पनि सानो संलग्नता देखिन्छ, त्यसैले सूक्ष्म रूपमा छानबिन हुनुपर्छ।

अधिकारीले पार्टीभित्र आन्तरिक एकता सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरी उनलाई सक्रिय रूपमा पार्टी कार्यमा सहभागी गराउनुपर्ने धारणा राखे।